काेराेनाकाे जाेखिम बढेपछि जलजलामा एकहप्ता लकडाउन

विकल्प न्युज/ जलजला

कार्तिक १८ गते । 

काेराेना भईरस संक्रमणकाे जाेखिम बढेपछि पर्वतकाे जलजला गाउँपालिकाले कार्तिक १९ देखि २५ सम्म गाउँपालिका भित्रका अत्यावश्यक सेवा वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेकाे छ ।

मंगलबार गाउँपालिकामा वसेकाे संकट व्यवस्थापन समितिकाे वैठकले गाउँपालिकाबाट प्रवाह हुने सेवा,वैक तथा वित्तीय संस्था,बजार लगायत सवै बन्द गर्ने निर्णय गरेकाे हाे ।

काेराेनाका कारण छिमेकि गाउँपालिका तथा  नगरपालिकामा रहेका वैक तथा वित्तीय संस्था र बजार बन्द गरिएकाले जलजलामा पनि काेराेनाकाे जाेखिम बढेकाे भन्दै एक हप्ता बन्द गर्नु पर्ने सराेकारवालाहरूले वैठकमा सुझाव दिएका हुन ।

गाउँपालिकाका मुख्य बजार क्षेत्र वारिबेनि,मिलनचाेक,माेेेेेेहाेन चाेक,बगरफाँट लस्ति लगायतका क्षेत्रहरू बन्द गर्ने निर्णय भएकाे गाउँपालिकाबाट जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अत्यावश्यक दैनिक उपभाेग्य बस्तु अापुर्ति का लागि सम्बन्धित पसल तथा व्यवसाय विहान ७ देखि १० र  वेलुका ४ देखि ६ बजे सम्म सञ्चालन हुने जनाईएकाे छ ।

जलजलामा एकै पटक १६ जनामा काेराेना पुष्टि भएपछि एक घर एक पिसिअार परिक्षण अभियान संचालन गरिएको छ ।