बागलुङमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विकल्प न्यूज/बेनी
कात्तिक १८ गते ।

बागलुङमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका ३ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा असोज १३ गते कोरोना पु्ष्टि भएको थियो ।

कोरोनाको लक्षण देखिएको र स्वास्थ्यमा समस्य आएपछि ति पुरुषलाई १२ गते नै अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बागलुङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
समुदाय स्तरमा कोरोना फैलिएपछि बागलुङ बजारमा आजबाट एकहप्ताका लागि लकडाउन गरिएको छ ।