गण्डकीमा थपिए १८७ जना कोरोना संक्रमित

विकल्प न्यूज/पोखरा
कार्तिक १६ गते । 

आइतबार गण्डकी प्रदेशमा १८७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार प्रदेशका १० जिल्लामा गरेर उक्त संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो नयाँ थपिएका संक्रमितको संख्या सँगै प्रदेशमा ७५०४ पुगेको छ ।

नयाँ थपिनेमा कास्कीमा सवै भन्दा धेरै १०२ जना छन् । नवलपुरमा ३१,गोरखामा ५,तनहुँमा २१,लम्जुङमा ११,स्वाङजामा ५,पर्वतमा २ बागलुङमा ३ र म्याग्दी १ छन् । सवैजना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सवैजनालाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ ।