पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
कार्तिक ५ गते । म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्तीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

यस अघि कोरोना संक्रमित पुष्टि भएकाहरु सँगको सम्पर्कमा रहेका ९९ जनाको पिसिआर लिएकोमा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो ।  गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ललाई पनि कोरोना पुष्टि भएको थियो ।

संक्रमितहरु जलजला गाउँपालिकामा कार्यरत कर्मचारी २ जना, मिलन चोक प्रहरी चौकी र बेनी प्रहरी चौकीका १÷१ जना, धाइरिङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यर्की १ जना, जलजला वडा नम्बर १ का १ जना, २ का १,माझफाँटका ५ जना, ४ का २ जना, ८ का १ जना र ५ घर भै ६ वस्ने १ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरु सवै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन ।