विकल्प न्यूज/बेनी
असोज २६ गते ।
म्याग्दीको समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिन सक्ने उच्च जोखिम बढेको छ । शुक्रबार र शनिबार थपिएका दुइजना कोरोना संक्रमितका कारण समुदाय स्तरमा कोरोना पुगेको आशंका गर्न थालिएको हो । उपचारका लागि पोखरा पुगेका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मालिका गाउँपालिका ५ देविस्थानकी महिला असोज १५ र बेनी नगरपालिका ७ की महिला असोज २१ गते उपचारका लागि पोखरा पुगेका थिए । अस्पताल पुगे लगत्तै उनीहरुको स्वावको नमुना संकलन गरी परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
यी माथिका केसहरुका कारण जिल्लामा कोरोना समुदायस्तरमा पुगेको आशंका गरिएको छ । ति दुई महिलाहरु उपचारका लागि पोखरा पुगे लगत्तै नमुना स्वाव संकलन गरिएको छ । त्यसले पनि जिल्लामै संक्रमित भएको हुनसक्ने संभावना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
नजिकिँदै गरेका चाढपर्वले अन्तरजिल्ला आवागमनलाई बढाएको र कोरोना फैलिएका क्षेत्रहरुबाट जिल्लामा भित्रिनेहरुको संख्या बढेका कारण म्याग्दीमा कोरोना समुदायस्तरमा फैलिन सक्ने जोखिम बढेको छ । ति क्षेत्रहरुबाट आउने व्यक्तिहरु खुलम खुल्ला रुपमा हिडडुल गर्नुका साथै न्यूनतम स्वास्थ्य मापदण्डका उपायाहरु पालना नगर्ने प्रवृत्तिले कोरोनाको जोखिम उच्च भएको हो ।
दशैं तिहार लगायतका चाढपर्वहरु मनाउँन अन्तरजिल्लाबाट जिल्लामा भित्रिनेहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्ने देखिन्छ । कोरोना संक्रमणबाट सुरक्षित मानिएको म्याग्दी पछिल्ला दुई केसले तर्सित बनाएको छ । समुदायमा संक्रमण फैलिदै जाँने र संक्रमित थपिदै जाने हो भने जिल्लाले थेग्न सक्ने अवस्था छैन स्थिति भयभह हुनसक्ने देखिन्छ । त्यसैले सर्वसारधणहरुले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने देखिन्छ ।
शुक्रबार र शनिबार थपिएका दुईजना महिलामा म्याग्दीमा संक्रमण भयो वा पोखरामा भन्ने अन्न्यौल रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले बताउनुभयो ।
संक्रमित महिलाको परिवारका सदस्यहरुको कन्ट्रयाक्क टे«सेङिको काम समेत सुरु भएको उहाँले बताउनुभयो । बाहिरबाट आएका व्यक्तीहरुमा मात्र कोरोना संक्रमण देखिएकोमा पहिलोपटक म्याग्दीबाट पोखरा उपचारका लागि पुगेका व्यक्तीमा संक्रमण देखिनुले जिल्लामा समुदाय स्तरमा कोरोना पुगेको हो की ! भन्ने आशंका बढेको स्वास्थ्य प्रमुख लम्साललेबताउनुभयो।
वाहिरी जिल्लाबाट आउनेहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अवलब्बन नगर्दा कोरोना समुदाय स्तरमा पुग्ने उच्ज जोखिम बढेको उहाँको भनाई छ । कोरोना फैलिएका जिल्लाहरुबाट म्याग्दी आउने सर्वसाधरणहरु १४ दिन होमक्वारेन्टाइनमा वसिदिन र स्वास्थ्य सुरक्षाका उपायाहरु अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
म्याग्दीमा २० वेडको आइसोलेशन र ६ वेडको आइसियु छ । क्षमता भन्दा वढी संख्यामा संक्रमित थपिने हो भने राख्ने स्थान समेत अभाव हुनसक्छ । जिल्लामा अहिले सम्म ६३ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ८ महिला र ५५ पुरुष छन् । आइसोलेशनमा अहिले १० जना रहेका छन् । वाँकी निको भएर घर फर्किसकेका छन् ।