शुक्रबार गण्डकी प्रदेशमा थपिए ११९ जना कोरोना संक्रमित

विकल्प न्यूज/पोखरा
असोज२३गते।   

शुक्रबार गण्डकी प्रदेशमा थप ११९ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिस्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा ८ जिल्लाका गरी ३३१ जनाको स्वाव परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

समुदाय स्तरमा फैलिएको कास्कीमा सवै भन्दा धेरै ५८ जनामा कोरोना संक्रमित फेला परेका छन् । तनहुँमा ४३,म्याग्दीमा ७,लमजुङ ३,स्याङजा २,बागलुङ १ नवलपुर २ र गोरखा १ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । संंक्रमित सवैजनालाई सम्बन्धित जिल्लाका आइसोलेशनमा राखिएको छ ।