म्याग्दीमा नेपाली सेनाका दुई जनामा कोरोना पुष्टि

म्याग्दी २० असोज ।

म्याग्दीमा नेपाली सेनाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६ अर्थुङे मा अवस्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाण्डौ र पर्साबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुइ जनामा कोरोना पुष्टी भएपछि खुल्लामञ्चको आइसोलेसन कक्षमा ल्याईएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

असोज १३ गते म्याग्दीमा आएर ब्यारेकभित्र रहेका सेनाको १८ गते स्वाब संकलन गरिएको थियो । यस अगाडी पोखराबाट सरुवा भएर आएका एक प्रहरी जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । म्याग्दीमा विदेशबाट आएका ४९ जना र १ प्रहरी निको भएर घर फर्किएका छन् ।

नयाँ थपिएका संगै ६ जना संक्रमति आइसोलेसनमा रहेका छन् भने म्याग्दी ठेगाना भएर पर्वतको जलजला बसोबास गरि काठमाण्डौमा उपचारको क्रममा धवलागिरी गाउँपालिका–५ की एक शिशु र रघुगंगा गाउँपालिका–२ भगवतीका एक जनाको काठमाण्डौमा मृत्यु भएको छ ।