पछिल्लो २४ घण्टामा कोरोनाका कारण काठमाण्डौंमा ६ जनाको मृत्यु

२८ भदौ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण काठमाण्डौंमा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।