आइतबार १०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेसव्रिफीङमा जानकारी दिइएका हो । यसै गरी देशभर पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।