शुक्रबार अहिले सम्मकै धेरै थपिए काेराेना संक्रमित

काठमाडौं ।

भदौ २६ गते ।

पछिल्लाे  २४ घण्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ७०१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ समेत गरी ४६३ जना महिला र ९९१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ९७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।