थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५० हजार नाघ्यो

२५ भदौ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।