एकै दिन थपिए एकहजार १११ कोरोना सङ्क्रमित

विकल्प न्यूज/बेनी
भदौं ११ गते ।

 

 

नेपालमा एकहजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम  एकहजार १११ जनामा सङ्क्रमणको पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ ।

थप ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा छहजार २१० र संस्थागत आइसोलेसनमा नौहजार ६३ रहेका छन् ।

भेन्टिलेटरमा १७ जना

भेन्टिलेटरमा १७ जनाकाे उपचार भइरहेकाे छ । प्रदेश १ मा दुई र बागमती प्रदेशका १५ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका छन् ।

डिस्चार्ज २० हजार ७३, निको हुने दर ५६ प्रतिशत

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशतमा झरेको छ । कुल डिस्चार्ज भएकाहरु २० हजार ७३ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी बस्ने सङ्ख्या नौहजार ४८६ रहेका छन् ।

नौवटा जिल्ला पाँचसयभन्दा माथि
मोरङ, धुनषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, काठमाडौं, ललितपुर जिल्लामा पाँचसय भन्दा बढी सङ्क्रमित रहेका छन् ।

सङ्क्रमित शुन्य भएका जिल्ला
नेपालमा दुईवटा जिल्लाहरु सङ्क्रमित शुन्य रहेका छन् । मुस्ताङ र हुम्ला मात्र अहिले सङ्क्रमित शुन्य भएका छन् ।

आठजनाको मृत्यु

नेपालमा २४ घण्टामा सङ्क्रमित पाँचमहिलासहित आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने एकसय ८३ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शुन्य दशमलब ५२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । gorkhapatraonline