२४ घण्टामा ८८५ जनामा कोरोना सङ्क्रमण, ११ जनाको मृत्यु

विकल्प न्यूज/बेनी
भदौं १० गते । नेपालमा कोरोना सङ्क्रमितको ३४ हजार चार सय १८ सङ्ख्या पुगेकाे छ । गएको २४ घण्टामा आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लाे २४ घण्टामा ११ जनाकाे सङ्क्रमणकाे कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।