२९ साउन, काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको नियमित प्रेस व्रिफिङमा कोरोना पुष्टी भएको जानकारी दिइएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् ।