ताजा समाचार:
Search

म्याग्दीमा कोरोना संक्रमितको शंख्या शून्यमा झ¥यो – आइसोलेसन खाली

विकल्प न्यूज/बेनी
साउन २३ गते । 

बेनीको आइसोलसन कक्षमा रहेका कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटीभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा आइसोलेसन कक्षा खाली भएको छ ।  हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर फर्किसकेकाले हाललाई कोरोनामुक्त जिल्ला मानिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले हाल म्याग्दीको आइसोलेसनमा रहेका ६ जनाको रिपोर्ट पनि नेगेटिभ आएको बताउनुभयो । आइसोलेसनमा रहेका ६ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । यो सँगै म्याग्दी हाललाई कोरोना मुक्त जिल्ला भएको छ ।

https://www.youtube.com/watch?v=x160WXX_Nko&t=6s

म्याग्दीमा जेठको दोस्रो साता पहिलो पटक एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता भेटिएका ४६ जना सबैले कोरोना जितिसकेको लम्सालले बताउनुभयो । 

म्याग्दीमा हाल ६४ जना क्वारेन्टिनमा छन् । क्वारेन्टिनमा रहेकामध्ये ३२ जनाको नतिजा आउन बाँकी रहेको र अन्यको शुक्रबार नै नतिजा नेगेटिभ आएको लम्सालले जानकारी दिनुभयो ।