एक तोला सुनको मूल्य ९९ हजार ६ सय रुपैयाँ

काठमाडौँ – सुनको मूल्य बढ्ने क्रम जारी छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९९ हजार तीन सय थियो।

तेजाबी सुनको मूल्य तोलामा दुई सय ९५ रुपैयाँले बढेर ९९ हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन तोलाको ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।