बाढिले १५ घर बगायाे , १९ वेपत्ता, दुईको शव भेटियाे

काठमाडौं, असार २५ गते । 

सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ  । १९  भन्दा बढी सम्पक बाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे साे स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् ।

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ।

टेलिफोन सम्पर्कमा उहाँले भन्न्ुभयो, गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरुको खोजी कार्य  गरिरहेको जानकारी दिनु भयो । उहाँका अनुसार सो नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राती  ११ः३० बजेबाट बाढी आउदाँ उक्त क्षति भएको हो ।
बाढीले बगाएका २० बर्षीय निकेश बस्नेत र उनको तीन बर्षीयाा छोरीको शव निकालिएको छ । अरु बेपत्ताको तीव्र खोजी भईरहेको छ ।

बिस्तृत बिबरण आउन बाँकी रहेको निरीक्षक न्यौपानेले बताउनुभएको छ ।

प्रहरीका अनुसार रातभर परेको बर्षाले तातोपानी स्थित चाकु बजार नजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्बिसे नगरको जलेटार आर्मी ब्यारेकमूनिको सडक पनि बाढीले बगाएको छ ।

लामोसाँघुमा भखरै लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउदाँ सडक सम्बन्ध टुटेको छ ।

अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्ध्ुपाल्चोक जाने तयारी रहेको सभाम्ुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । गाेरखापत्र अनलाइन