२१ असार, काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । ९ हजार २ सय ३ जना आइसोसेलनमा उपचाररत छन् ।
४१.५ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।