पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु

विकल्प न्युज / पाेखरा

असार ११ गते ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको  स्वास्थ्य विज्ञान प्रतिष्ठान ले विज्ञप्ति मा जनाएकाे छ  । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।

उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।