म्याग्दीमा थपिए ६ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी

असार ११ गते । म्याग्दीमा थप ६ जनामा काेराेना पाेजेटिभ पुष्टि भएको छ ।

विहिबार थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

भारतबाट अाएका  ५ जना र कुवेतबाट फर्किएका १ जना छन् । उनिहरू सबै बेनीकाे क्वारेन्टाइन मा बसेका थिए ।

संक्रमित हुनेहरूमा मंगला गाउँपालिका वडा नम्बर १ का वर्ष ३५ र २० का युवा, मंगलाकै वडा नम्बर ३ र ४ का  वर्ष २६ र २३ का दुई युवामा काेराेना परिक्षणा गर्दा पाेजेटिभ देखिएकाे स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । उहाँ का अनुसार बेनि नगरपालिका वडा नम्बर ४ का वर्ष १७ का एक एक युवामा पनि काेराेना पाेजेटिभ देखिएकाे छ ।

यसै गरि कुवेतबाट फर्कएका बेनि नगरपालिका वडा नम्बर २ का वर्ष २६ काे महिलामा पनि काेराेना परिक्षण गर्दा पाेजेटिभ  देखिएकाे हाे ।

उनिहरू सवैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनिहरू सबैलाई बेनी काे खुल्ला मन्च स्थित अाईशाेलेसन कक्षमा लैजाने तयारि भएकाे बेनी  अस्पताल विकास समिति का अध्यक्ष बेल बहादुर कटुवालले बताउनुभयाे ।

विहिवार थपिएका ६ जना सहित जिल्लामा मा काेराेना संक्रमित काे संख्या १४ पुगेकाे छ । दुईजना निकाे भएर घर फर्किएका छन भने ६ जना बेनिकाे अाईसाेलेशनमा थिए ।

३५ जनाकाे पिसिअार रिपोर्ट अाउन बाकि रहेकाे स्वास्थ्य ले जनाएको छ ।