ताजा समाचार:
Search

पर्वतमा संक्रमित स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकालाई काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

असार ७ गते । अाईतबार विहान काेराेना पुष्टि भएका पर्वतका दुईजना संक्रमित स्वास्थ्यकर्मी काे सम्पर्कमा रहेका व्यक्तिहरू भएकाे खुलेकाे छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

थपिएका संक्रमितहरु स्वास्थ्यकर्मी संगको सम्पर्कमा भएका ब्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको थियो ।

उनीहरु कुस्मा नगरपालिकाका २७ र ३२ बर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।
संक्रमित भारतबाट फर्केका होइनन र क्वारेन्टाईनमा समेत छैनन ।

त्यस मध्ये एक जना सर्वसाधरण र एक जना अस्पतालमा कार्यरत नभएपनि स्वास्थ्यकर्मी नै रहेको बताइएको छ ।

उनीहरु स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहेका ब्यक्ति भएको बताइन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याँक अधिकृत तथा सिसिएमसी पर्वतका प्रबक्ता प्रबिण भण्डारीले स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएको र २ जनामा पोजेटिभ रिजल्ट आएका कारण आइसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिनुभयो ।

संंक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि पर्वत अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी सहित सर्वसाधरणको समेत गरि ८१ नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो ।

त्यस मध्ये २७ जनाको परिक्षण भएको छ भने ५४ जनाको रिर्पोट आउन बाँकी छ ।
सर्वसाधरणमा पनि कोरोना संक्रमण देखिएपछि समुदायमा संक्रमण भएको देखिएको छ ।

यस अघि ५ जना स्वास्थ्य कर्मी सहित ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन भने एक जनाको पोखरामा र बाँकी २९ जनाको पर्वत अस्थायी कोरोना अस्पतालमा उपचार भैरहेको छ ।

संक्रमित स्वास्थ्यकर्मीको हकमा भने आइसोलेसनको टुंगो लाग्न बाँकी रहेको छ ।