ताजा समाचार:
Search

मुस्ताङमा पनि भेटिए काेराेना संक्रमित

असार ६ गते / 

मुस्ताङमा एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले   विज्ञप्ती मार्फत जानकारी दिएको छ ।  विज्ञप्ती अनुसार मुस्ताङको घरापजोङ गाउँपालिकाका ८३ वर्षीय बृद्धामा कोरोना पुष्टी भएको हो ।   यो सँगै गण्डकी प्रदेशमा ४ सय ८८ जनामा कोरोना पुष्टी भएको छ ।   संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । वालिङका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पोखरामै मृत्यु भएको हो ।