ताजा समाचार:
Search

पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

विकल्प न्यूज/बेनी
असार ५ गते । 

पर्वत जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ पुष्टी भएको हो ।

काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाएको छ । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालका ओपीडी सेवा बन्द गरिएको छ ।

इमेरजेन्सी सेवालाई भने नरोकिएको अस्पतालले जनाएको छ ।