ताजा समाचार:
Search

मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने

२९ जेठ, कामठाडौं ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ ।

तर मोटरसाइकलमा एक जना भन्दा चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बुधवार  बसेको मन्त्रिपरिषद बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।

त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ ।