गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनि

जेठ १ गते ।

नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशकाे नवलपुर जिल्लामा एकजनामा काेराेना पुष्टि भएकाे छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २ सय ४६ पुगेको छ ।

भरतपुरस्थित कोभिड १९ अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणका क्रममा  नवलपुरकाे देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।

याे सँगै गण्डकी मा संक्रमितकाे संख्या तीन पुगेकाे छ । दुईजना निकाे भयर घर फर्किएका छन् ।