१४ वर्षे बालकमा कोरोना देखियो

विकल्प न्यूज/बेनी
बैशाख ११ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १४ वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ ।

सर्लाही धनकौल गाउँपालिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो । र, ¥यापिड डायग्नोस्टिक टेष्ट ९आरडीटी० विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो ।

५ वैशाखमा अस्पताल पुगेका उनको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरियो । ‘ल्याबले रिपोर्ट नेगेटिभ आएको भनेपछि हामीले ७ गते डिस्चार्ज गरेका थियौं,’ अस्पतालका मेसु डा। नागेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘तर दिल्लीबाट आएकाले पुनः परीक्षणका लागि टेकु पठाइएको थियो ।’

टेकुमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । अहिले हरकठवास्थित क्वारेन्टाइनमा रहेका उनलाई अब फेरि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा भन्छन्, ‘अब उनलाई अस्पताल ल्याउँछौं र कन्ट्याक ट्रेसिङको काम सुरु गर्छौं ।’onlinekhabar.com