विकल्प न्यूज/बेनी
चैत १८ गते । लायन्स क्लब अफ बेनी पिस सिटीले लकडाउनका कारण समस्यामा परेको एक मजदुरको परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
दैनिक मजदुरी गरेर जिवन निर्वाह गर्ने पर्वतको जलजालका एक परिवारलाई खाद्यन्न सहयोग सहयोग गरको हो ।
जलजला ७ धाइरिङ घर भएका सन्ते नेपालीलाई क्लबले मंगलबार चामल एकपिस,सुगरफ्री चालम ६ केजी,कराउ २ केजी,चाउचाउँ एक प्याकेट,विस्कुट ६ प्याकेट,चिउरा २ केजी,तेल २ पोका,नुन,बेसरा,मिट मसला,खुर्सानी एक÷एक पोका सहयोग गरेको क्लबका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बेनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ,क्लबका संस्थापक अध्यक्ष राजेश शाक्य र पूर्व अध्यक्ष लोकेश पुन मगरले नेपालीलाई खाद्यन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
मजदुर नेपालीले बेनीमा दैनिक रुपमा मजदुरी गरेर जिवन निर्वाह गर्दै आउनुभएको थियो । लक डाउनका कारण विहान बेलुका छाक टार्न नेपालीलाई समस्या परेको थियो ।
समस्यामा परेका गरिब,विपन्न र मजदुरहरुलाई क्लबले सहयोग गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उ क्त खाद्यन्न बेनीको हुलाक चोक स्थित ए.लके टेड्रसका सञ्चालक दिपेन्द्र श्रेष्ठले गरिब तथा विपन्न परिवारलाई सहयोग गर्न क्लबलाई उपलब्ध गराउनुभएको हो ।
आमा र श्रीमती सहित एक घण्टा पैदल हिडर सहयोग सामग्री बुझन बेनी आएका नेपाली खाद्यन्न पाएपछि फुरुङ हुँदै घर फर्किनुभएको छ । नेपालीले विगत ८ वर्ष देखि बेनीमा पत्रिका समेत वितरण गर्दै आउनुभएको छ ।