सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क हुन सवारी सञ्चालनमा रोक लगाइएको घोषणा गरेका हुन् ।
यस्तै, ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने र अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए ।
यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले २५ जनाभन्दा धेरै जम्मा नहुन र सबै शैक्षिक संस्थाको परीक्षा र पठनपाठन बन्द गर्ने निर्णग गरिसकेको छ।