‘एसईई रोकिँदैन, विद्यार्थीको ज्वरो नापेर पनि परीक्षा लिन्छौँ’

चैत ४, २०७६ काठमाडौं : 

फाइल तस्विर

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबारबाट हुन लागेको एसईई परीक्षा नरोकिने स्पष्ट पारेका छन्।  शिक्षा मन्त्रालयले पनि वक्तव्य जारी गरेर एसईई नरोकिने स्पष्टीकरण दिएको सन्दर्भमा सरकारका प्रवक्ता खतिवडाले यसबारेमा प्रष्ट पारेका हुन्।

‘एसईई परीक्षा रोकिँदैन, पुरानै तालिका अनुसार सञ्चालन गर्छौँ’, उनले भने, ‘कोरोनाको संक्रमण देखिएका मुलुकमा पनि परीक्षा रोकिएको छैन।’ खतिवडाले ज्वरो र रुघाखोकी देखिएका विद्यार्थीको स्वास्थ्य जाँच गरेर अलग्गै (आइसोलेसन रुममा) राखी परीक्षा लिइने जानकारी दिए। ‘परीक्षा हलमा पठाउँदा ज्वरो नाप्छौँ। यदि ज्वरो देखिएमा हामी क्वारेन्टाइनमा राखेर परीक्षा गराउँछौं’, उनले भने, ‘अब एसईई रोक्ने कुरै छैन।’

उनले परीक्षा सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिने जानकारी दिए। ‘कोरोनाको डरका सन्दर्भमा एसईईका क्रममा प्रदेश र स्थानीय सरकार पनि सक्रिय हुन्छन्’, उनले भने, ‘सबै संयन्त्र प्रयोग गरेर सुरक्षितरुपमा एसईई तोकिएकै समयमा सम्पन्‍न गर्छौं।’ thaha khabar