विकल्प न्यूज/बेनी
फागुन ११ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन जलजला गाउँपालिकाको प्रथम परिषद शनिवार सम्पन्न भएको छ ।
परिषदलाई सम्वोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जिवी अधिकारीले आम शिक्षकहरुको हकहित संरक्षणका लागि संगठन सदैव सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँले मुलुकको शिक्षा प्रणालीमा सुधार ल्याउनका लागि शिक्षकको भूमिका महत्वपुर्ण हुने बताउँदै पहिला आफ्नो पेशामा प्रबितद्ध भएर लाग्न आग्रह समेत गर्नुभयो । उहाँले समय अनुकुल शिक्षकहरु पनि परिवर्तन हुँदै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संगठनका केन्द्रिय पार्षद कृष्णप्रसाद पराजुली, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सचिब रघुनाथ सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेमबहादुर पुर्जा लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा जलजलामा हालै स्थायी भएका शिक्षकहरुलाई र जलजला गाउँपालिकामा सरुवा भएर आएका शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गरि परिमार्जन सहित पारित पनि गरिएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जलजलाका अध्यक्ष नारायण मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत केशव पौडेल र संचालन बिनय चापागाईले गर्नुभएको थियो ।