विकल्प न्यूज/बेनी
फागुन ४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू म्याग्दीले एकता प्रकृया टुंगाएको छ । शनिबार बेनीमा बसेको अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त वैठकले एकता प्रकृयालाई टुंगोमा पु¥याएको हो ।
अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेल,जिल्ला संयोजक सुवाश विश्वकर्मा र सहसंयोजक रेशम केसीको उपस्थितिमा वसेको वैठकले ५१ सदस्यीय जिल्ला कमिटि र ७ सदस्यीय जिल्ला कार्यालय गठन गरेको छ ।
जिल्ला कार्यालयमा संयोजक विश्वकर्मा, सहसंयोजक रेशम केसी,सदस्यहरु इश्वर सुवेदी, दलबहादुर रोका,रश्मी रोका,भाइरथ पाण्डे र सन्दीप खत्रीलाई चयन गरिएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
तत्कालिन दुवै संगठनमा रहेका जिल्ला सदस्यहरुलाई कमिटिमा आवद्ध गरिएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो । एकताले पूर्णता पाएसँगै संगठन बलियो भएको उहाँले प्रतिकृया दिनुभयो । संगठनले पुर्णता पाएसँगै विद्यार्थीका विच कार्यक्रमहरु लिएर जाने योजना संगठनले बनाएको उहाँले बताउनुभयो ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएपछि अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियूले जिल्लामा संयोजक र सहसंयोजक तोकेपनि जिल्ला कमिटिले पूर्णता पाउन सकेको थिएन ।