लुलाङमा ४ .७ रेक्टरको भूकम्प

विकल्प न्युज/ बेनी
साउन २४ गते । म्याग्दीको धौलागिरि गाउँपालिका २ लुलाङलाई केन्द्रविन्दु बनाएर शुक्रबार (आज) साँझ ६स्२६ बजे ४।७ रेक्टर स्केलको भूकम्प गएको छ। राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक राकेश शर्माका अनुसार अहिले भर्खरै गएको यो भूकम्प लुलाङलाई केन्द्र विन्दु बनाएर गएको हो। ‘यो गोरखा भूकम्पको नयाँ पराकम्प होइन्,पश्चिम क्षेत्रमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्छु, उनले भने।

उनका अनुसार म्याग्दी क्षेत्रमा गएको भूकम्पबाट त्रसित हुनुपर्ने अवस्था भने छैन। लुलाङ आसपासका क्षेत्रमा सामान्य क्षति भएको अनुमान गरिएको छ। तर क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।