एकै दिन तिन ठाउँमा काँग्रेसको जागरण अभियान

विकल्प न्यूज /बेनी
जेठ १३ गते ।नेपाली काँग्रेस म्याग्दीले जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।

राम्चेको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य ओम छन्त्यालले र्वतमान सरकारले राष्ट्रविरुद्ध दमन गरेको र दुई तिहाइको दम्ब देखाएरको अरोप समेत लगाउनु भएको छ ।उहाँले अब सरकार विरुद्ध आन्दोलन गर्न सडकमा जानुपर्ने बाध्यता समेत हुन सक्ने बताउनुभयो ।
उहाँले संसदमा दर्ता भएको प्रेस काउन्सिलको विधेयकको चौतर्फी बिरोध हुदा पनी सरकार दुई तिहाइको दम्ब देखाएर अघि बढाउन खोजेको बताउनुभयो। उहाँले कार्यकर्तालाई सरकार विरुद्ध खबरदारी गर्दै अघिबढ्दै सरकारको कुमामको भण्डापोर गरि जनता सामु ल्याउन आग्रह समेत गर्नुभएको छ ।

त्यस्तै बेगखोलाको आम सभालाई सम्बोदन गर्दै नेपाली काग्रेँसका पूर्व उपसभापती नेत्र बहादुर महतले सरकार बनेको दुई बर्ष हुदा पनी अहिले सम्म जनताको हित हुने कुनै काम नगरेको बताउनुभएको छ ।

राम्चेको कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, हिरा पुन, जिल्ला सदस्य मनकुमारी विश्वकर्मा, अजय मिलन श्रेष्ठले बोलेको थिए कार्यक्रमा राच्चे इकाइ सभापती लक्ष्मण गुर्बजाको अध्यक्षतामा भएको थियो ।

त्यस्तै बेगखोलाका इकाइ सभापति नेत्र बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमा बेनी नगरपालिका वडा न ८ का वडा सदस्य हिरा पुनले कार्यक्तको बारेमा जानकारी, खिम बहादुर फगामीको स्वागतमा गरेको कार्यक्रमको सञ्चालन पुनले गर्नुभएको थियो । त्यस्तै टोलीले तिप्लाङमा समेत आम भेला र कार्यकता भेटघाट गरेका छ ।