विकल्प न्यूज/जलजला
फागुन १ गते । जलजला गाउँपालिका ६ सालिजाको भोटेडाँडामा रहेको शान्ति आधारभूत विद्यालयमा निशूल्क आँखा जाँच तथा विद्यार्थीहरुलाई पोषाक र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा सञ्चालन भएको शिविरमा एकसय ६ जना विद्यार्थीहरुको निशुल्क रुपमा आँखाको जाँच गरिएको क्लबका अध्यक्ष श्रीलाल चापागाईले जानकारी दिनुभयो । यसै गरी विद्यालयमा अध्यनरत ८१ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री र पोषाक वितरण गरिएको छ । अध्यक्ष चापागाईको सहयोगमा ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कोषाध्यक्ष पुष्कल ढुङ्गाना,सचिव विक्रम सुवेदी,लायन्स सदस्य विवेक हमालको सहयोगमा ५१ जना बालबालिकालाई विद्यालय पोषाक वितरण गरिएको छ ।
क्लबलका अध्यक्ष चापागाईको अध्यक्षता,सचिव सुवेदीको सञ्चालन र शिक्षक इन्द्र सुवेदीको स्वागतमा भएको कार्यक्रममा विद्यालयका प्रअ शिव सुवेदी र शिक्षक इन्द्रप्रसाद सुवेदीले विद्यार्थीहरुको आँखा जाँच र शैक्षिक सामाग्री लिएर विद्यालय सम्म आएकोमा खुसि व्यक्त गर्दैै आगमी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । बेनी अस्पतालका चिकित्सक दिनेश बानियाँले विद्यार्थीहरुको आँखा जाँच गर्नुभएको थियो । ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई गाउँघरमै आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष चापागाईले बताउनुभयो । यस अघि लेखफाँटमा पनि क्लबले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।