बेनी नगरपालिका २ बगरफाँटमा प्रहरीको नागरिक सुनुवाई

विकल्प न्यूज/बेनी
पुस २३ गते । बेनी नगरपालिका २ बगरफाँटमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सामुदायिक सेवा केन्द्र सँगको समन्वयमा बगरफाँट स्थित आमासमुहको सभाहलमा सोमबार नागरिक सुनुवाई गरेको हो ।
कार्यक्रममा स्थानीयवासीहरुले सडक विस्तार मापदण्ड, भुकम्पबाट घरमा भएको क्षतिमा राहतको लागि वडा कार्यालयले बेवास्ता गरेको र नगरपालिकामा कर तिर्न लामो समय लाग्ने गरेको, सुकुम्बासी समस्या समाधान गर्न पहल गर्नुपर्ने,प्रहरी गस्ती बढाउनुपर्ने लगायतका गुनासहरु राखेका थिए ।

स्थानीयवासीहरुको गुनासोको सम्बोधन गर्दै कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सडक विस्तार गर्दा मापदण्ड अनुसार विस्तार गरिएको बताउनुभयो । नगरपालिकामा कर तिर्दा परेको समस्याका वारेमा आगमी दिनमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भूकम्पले क्षति पु¥याएर पनि राहत नपाएका सम्बन्भमा पुसको २८ गते बस्ने समन्य वैठकबाट समस्या समाधानका लागि निर्णय हुने बताउनुभयो । सुकुम्वासी समस्या समाधानका लागि जिल्लामा जग्गा उपलब्ध नभएकाले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।

प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढा मगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औचित्यता एबम् कार्यान्वयनमा अबस्थाका वारेमा जानकारी दिनुभएको थियो । उहाँले जिल्ला प्रहरी कार्यालयबाट व्यापकरुपमा गस्ति परिचालन गरी लागूऔषध कारोवारीहरु पक्राउ गरी कानुनी दायरमा ल्याउनुको साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत स्कुल सम्पर्क समिती गठन गरी सचेतनामुलक कार्यक्रमहरु सञ्चालनमा गरिएको बताउनुभयो ।

सामुदायिक सेवाकेन्द्रका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाका २,६,७ र ८ का वडाध्याक्षहरु लगायत सदस्यहरु, उद्योग बाणिज्य संघका अध्यक्ष, पत्रकार, सामुदायिक सेवाकेन्द्रका पदाधिकारीहरु, समाजसेवी,स्थानिय आमासमुह,क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।