फेसबुकमा स्टाटस पोष्ट गरेर उर्लिदो कालीगण्डकीमा हामफालिन युवती

विकल्प न्यूज/बेनी
भदौ ३१ गते ।41788382_877455842446983_5564401956153196544_n सामाजिक सञ्जाल फेसवुकमा सुसाइड नोट जस्तै स्टाटस पोष्ट गरेर बेनीकी एक युवती कालीगण्डकीमा हामफालेर वेपत्ता भएकी छिन् ।

बेनी नगरपालिका ५ घर भएकी सुनिया क्षेत्रीले बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडी कालीगण्डकी नदी किनारबाट हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।  41991987_877455869113647_321527599740223488_nबेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविको कक्षा ११ मा अध्ययनरत क्षेत्री जलजला ३ बौरमा वस्दै आएकी थिइन । प्रहरीले कालीगण्डकी नदीकिनारमा खोजी कार्य सुरु गरेको छ ।