सफल महिला सहकारीको छैटौं साधारणसभा

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, भदौ २३ ।IMG_0979जलजला गाउँपालिका–३, पर्वत बेनीमा सञ्चालित सफल महिला बचत तथा ऋण सहकारी संस्थाको शनिबार छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ७४ लाख ६६ हजार शेयर पुँजी रहेको सहकारीले एक करोड ७८ लाख ६९५ लगानी र एक करोड १५ लाख ८९१ रुपैयाँ बचत रहेको जनाएको छ ।

साधारणसभामा संस्थाका सचिव सुनिता क्षत्रीले प्रगति, कोषाध्यक्ष हरि गिरीले आर्थिक र लेखा संयोजक देवी आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट बचतकर्ताद्वय बृतिना सुवेदी, जुना थापा, असल ऋणी माया गैरे, उत्कृष्ट कर्मचारी प्रवन्धक कमला बानियाँ थापा, लेखापाल गीता सुवेदी, बजार प्रतिनिधिहरु लक्ष्मी पौडेल, सुशिला भण्डारी, सीता शर्मा र कार्यालय सहयोगी जशोदा थापालाई सम्मान गरेको छ ।

यसैगरी फोक्सोमा समस्या आएर उचार गराइरहेकी शेयर सदस्य खिमकुमारी शर्मालाई नगद ३१ हजार रुपैयाँ सहयोग गरिएको छ । सहकारीका ज्येष्ठ महिला शेयर सदस्य कलादेवी कार्कीको प्रमुख आतिथ्य रहेको साधारणसभाको उद्घाटनसत्रमा वारी बेनी प्रहरीचौकीका प्रहरी हवल्दार रानु थकालीले मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष ईश्वरी हमाल बरुवालको अध्यक्षता, उपाध्यक्ष अम्बिका भण्डारीको स्वागत र प्रवन्धक कमला बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।