बगरफाँटमा आयोजित दुई महिने सिलाई कटाई तालिम सम्पन्न

धिरन खत्री/बेनी
बेनी, २३ भदौ । bagarfat (13) पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाटँका महिलाहरुको जीवनस्तर सुधार लागि आयोजना गरिएको दुई महिने सिलाईकटाई तालिम शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, बगरफाँट आमासमुह तथा बगरफाटँ जनजाती समुहको सह–आयोजनामा सिलाईकटाई तालिम समापन तथा दिदिबहिनीहरुमा दर खाने कार्यक्रम सिद्धबाबा प्राथमिक विद्यालयमा आयोजना गरिएको हो ।

गाउँपालिकाको २ दुईलाख आर्थिक सहयोगमा आयोजना गरिएको दुई महिने तालिममा वडा २ र ३ का ५५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई जलजला गाउँपालिका उपाध्यक्ष सिमा गर्वुजाद्धारा प्रमाणपत्र वितरण गरिएको थियो । तालिम समापन तथा दर खाने कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गर्वुजाले दिदिबहिनीहरुलाई तिजको शुभकामना दिदै तालिमबाट सिकेको सिपलाई दैनिक जीवनमा प्रयोग गरेर आत्मनिर्भर बन्न आग्रह गरेकी थिईन । bagarfat (17)परिवारलाई ब्यवस्थित बनाउन महिलाहरुको जीवस्तरमा रोजगारीमुलक सिप आवश्यक रहेकोले तालिमलाई प्राथमिकता दिएको बताईन । गाउँपालिकाभित्र जोखिम रहेका बस्तीहरुको सरंक्षणका लागि प्राथमिकतामा स्थानीय सरकार जिम्मेवार भएको बताउदै नदी कटानको जोखिम रहेको बगरफाटँको बस्तीलाई संरक्षणका लागि दिर्घकालिन योजना अघि ल्याएको बताईन ।

सो कार्यक्रममा वडा २ का अध्यक्ष भिष्म मल्ल, नेपाली काग्रेस जलजला गाउँपालिकाका सँयोजक चन्द्रबहादुर जि.सि, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा, पर्वत बेनी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चित्र रेग्मी, दलित संजालकी अध्यक्ष टिकाबहादुर पाईलीपार, दलित संघ बगरफाँटका उपाध्यक्ष सुरेश बहादुर विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए ।

तालिममा सहभागि मध्यबाट बोल्दै रिता विश्वकर्मा र राजकुमारी थजालीले सिकेको सिपलाई ब्यवसायिक रुपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएको थिए । भने कार्यक्रममा सिद्धबावा प्राथमिक विद्यालयका अध्यक्ष हिराबहादुर बरुवालको उपस्थित भएको थियो । दूईमहिनासम्म तालिमको सहजिकरण गर्ने दिलकुमारी पुर्जालाई सम्मान गरिएको थियो ।

बगरफाटँ आमासमुहकी कोषाध्यक्ष पोमाया पाईजाको अध्यक्षता, देवी पाईजाको स्वागत मन्तव्य, उपाध्यक्ष मनिषा पुनको संचालनमा सम्पन्न कार्यक्रममा बगरफाट दिदिबहिनीहरुको उपस्थितमा सास्कृति एवम् दर खाने कार्यक्रम आयोजना गरेका थिए ।  सो कार्यक्रममा वडा ४ अध्यक्ष मल्ल, जीवनकुमार विश्वकर्माले ५÷ ५ हजार, चित्र रेग्मीले १ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका थिए ।