ताजा समाचार:
Search

खिमकुमारीको उपचारका लागि लायन्सले जुटायो एकलाख २३ हजार

विकल्प न्यूज/जलजला
भदौ ७ गते । DSC_0185पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीकी क्यान्सर रोगबाट पीडित खिमकुमारी शर्माको उपचारका लागि लायन्स क्लब अफ बेनी मल्लाजले एकलाख २३ हजार चार सय २० रुपियाँ सहयोग संकलन गरेको छ ।

फोक्सोको क्यान्सरबाट थलिएकी शर्माको उपचारमा आर्थिक समस्या भएपछि लायन्स क्लबले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । संकलित रकम विहिवार क्लबले क्यान्सर पीडित शर्माको आफन्तलाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष श्रीलाल चापागाईले जानकारी दिनुभयो । म्याग्दीमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई पनि सहयोगका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

रघुगंगा गाउँपालिका १ बेग घर भई हाल पर्वत बेनीमा बस्दै आएकी ४२ वर्षिया शर्माको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि लायन्सले अभियान सुरु गरेको क्लबका कोषाध्यक्ष पुस्कल ढुङ्गानाले बताउनुभयो ।

शर्माको उपचारमा करिव ३० देखि ४० लाख सम्म लाग्ने भएको हुँदा सहयोग अभियानलाई जारी राख्ने उहाँले बताउनुभयो । आर्थिक समस्याका कारण एक महिलाले मृत्युवरण गर्न नपरोस भनेर क्लबले आर्थिक सहयोग अभियान सञ्चालन गरेको क्लबका सचिव विक्रम सुवेदीले बताउनुभयो ।

यसै गरि सफल महिला बचत तथा ऋण सहकारी संस्था पर्वत बेनीले शर्माको उपचारका लागि सहकारीको मानविय सहायता कोषबाट २१ हाजर र सेयर सदस्यहरुबाट संकलित १० हजार गरि ३१ हजार पीडित शर्माको आफन्तलाई हस्तान्तरण गरिएको छ ।

क्यान्सर पीडित शर्माको अहिले काठमाडौको ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । शर्माका श्रीमान फणेन्द्र आचार्यले आर्थिक सहयोग गरेर श्रीमतीको जिवन बचाईदिन अपिल गर्नुभएको छ ।