ताजा समाचार:
Search

बिलबाङका पहिरो पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी
भदौ ७ गते । 39925377_530831064021172_7750231604747829248_nमालिका गाउँपालिका २ बिलबाङका पहिरो पीडितहरुलाई विहिवार राहत वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया विटालु पीडितहरुलाई राहत वितरण गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको समन्वय र गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवीको पहलमा उपलब्ध भएको १७ ओटा त्रिपाल पहिरो पीडितहरुलाई हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले जानकारी दिनुभयो ।
साउन ३१ गते विहान आएको पहिरोले विकट बिलबाङका ६ घर पहिरोमा पुरिएका थिए । पहिरो पीडितहरु आहिले छिमेकीको घरमा आश्रय लिएर वसेका छन् । यस अघि जिल्ला प्रशासन,गाउँपालिका,उद्योग वाणिज्य संघ,रेडक्रस लगायतका संघसस्थाहरुले पीडितहरुलाई राहत वितरण गरेका छन् ।