आमा समूहद्वारा आर्थिक सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, भदौ ६ । 39939454_497702147359985_5039410550031777792_n(1)पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा क्रियाशिल महिला सुधार आमा समूहले बुधबार आर्थिक सहयोग गरेको छ । समूहका सदस्य मनमाया गिरीको श्रीमान् टेकबहादुर गिरीको असामयिक निधन भएको १३औं दिनको पुण्यतिथिमा आमा समूहले नगद तीनहजार ३३३ रुपैयाँ गिरी परिवारलाई सहयोग हस्तान्तरण गरेको हो ।

समूहका अध्यक्ष भद्रकली जैसीले सदस्य मनमाया गरीलाई नगद हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमको अवसरमा स्वर्गीय टेक गिरीको सम्झनामा श्रद्धाञ्जली सभाको समेत आयोजना गरिएको थियो । स्व. गिरीका ५ ओटी छोरीहरु रहेका छन् ।

दुःख पीडा परेको अवस्थामा पीडित परिवारका छोरीहरुको शिक्षामा सघाउने उद्देश्यले थोरै भए पनि आर्थिक सहयोग उपलब्ध गराइएको महिला सुधार आमा समूहले जनाएको छ । आमा समूहले विभिन्न कारणले अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ ।