लिटील गार्डेनका अभिभावकलाई सीपमुलक तालीम

विकल्प न्यूज/बेनी
भदौं ४ गते । 39442783_452227538623950_3702368848326950912_oबेनीको लिटील गार्डेन एकेडेमीका अभिभावकहरुलाई सीपमुलक तालीम प्रदान गरिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावकलाई फुर्सदको समयको सदुपयोग गर्दै सीपको माध्यमबाट आयआर्जनमा संलग्न गराउने उद्देश्यले तालीम प्रदान गरिएको हो ।

घरेलु तथा साना उद्योग विकास समितिसंगको सहकार्यमा १४ जना महिला अभिभावकलाई ४५ दिने स्वीटर बुनाई तालीम प्रदान गरिएको विद्यालयका सञ्चालक बालकृष्ण सुवेदीले बताउनुभयो । तालीममा सहभागी अभिभावकहरुले ब्यवसायीक रुपमा उत्पादन गरेका स्वीटर विद्यालयमै खपतको ब्यवस्था मिलाउने सञ्चालक सुवेदीले बताउनुभयो ।