विकल्प न्यूज/बेनी
असार ३० गते । लायन्स क्लब अफ बेनी पिस सिटीले शनिबार बेनी अस्पतालमा उपचारत विरामीलाई ह्विल चियर सहयोग गरेको छ । आफ्नै घरको आगनबाट खसेर लामो समय देखि विरामी पर्नुभएका धौलागिरि गाउँपालिका ७ ताकम धारापानीका फटवहादुर थापालाई ३६ हजार रुपियाँ पर्ने ह्विल चियर सहयोग गरिएको हो ।
स्थानीयवासी तेजेन्द्र थापाको पहलमा लायन्स क्लब अफ बेनी पिस सिटीका पूर्व अध्यक्ष राजेश शाक्यबाट रु दश हजार,अध्यक्ष लोकेश पुन पाँचहजार,सचिव भोजबहादुर रिजाल ३ हजार, सह कोषाध्यक्ष नन्द कुमार पाइजा दुइहजार,सचिन शाक्य दुइहजार,वामदेव रिजाल एकहजार,देवेन्द्र फगामी एकहजार,सन्दीप खत्री एकहजार र दुगा वुढा एकहजार रुपियाँ ह्विल चियर खरिदका लागि सहयोग प्राप्त भएको अध्यक्ष पुनले बताउनुभयो ।
ढाँडको हड्डी भाँचिएर विरामी पर्नुभएका थापा ४५ दिन देखि उपचाररत हुनुहुन्छ । पोखराको मनिपाल अस्पतालमा उपचार गराउनु भएका उहाँ केही दिन देखि बेनी अस्पतालमा हुनुहुन्छ । उहाँका हातखुट र शरिरका कुनैपनि अंग राम्रो सँग नचल्ने स्थानीयवासी थापाले बताउनुभयो । विरामीलाई अस्पताल सम्म पु¥याउनका लागि ओमकुमारी शान्तिकोषले सुरुमा २० हजार रुपियाँ सहयोग गरेको थियो ।