महासंघ प्रदेश ४ काे सदस्यमा पत्रकार गौतम निर्वाचित

विकल्प न्युज । बेनी

बैशाख ९ गते । Santosh Gautam Photoनेपाल पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम निर्वाचित हुनुभएको छ ।

आईतवार भएको मनोनयन दर्ता समयमा प्रदेश ४ को खुला सदस्यमा पत्रकार गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । प्रेस सेन्टर म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका गौतम पत्रकार महासंघ म्याग्दीको प्रदेश सभासद हुनुहुन्छ ।

एक दशक बढी समयदेखि पत्रकारीतामा क्रियाशिल रहनुभएका पत्रकार गौतमले आफुलाई निर्विरोध निर्वाचित हुन सहयोग गर्ने सम्पूर्णप्रति धन्यबाद ज्ञापन गर्दै श्रमजिवि पत्रकारहरुको हक, हित र अधिकारको लागि आफ्नो भुमिकालाई प्रभाबकारी बताउने प्रतिकृया दिनुभयो ।

यसैबिच खुला सदस्यमा गौतम सहित प्रदेश ४ को सम्पूर्ण कार्य समिति नै निर्विरोध भएको छ ।

आईतवार मनोनयन दर्ताको समयमा कार्य समितिको लागि आबश्यक मात्रै उम्मेदवारी परेपछि सम्पूर्ण कार्यसमिति नै निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

पत्रकार महासंघ प्रदेश ४ को अध्यक्षमा त्रिभुवन पौडेल, बरिष्ठ उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव खुला ईन्द्र पौडेल, समावेशी सचिव रुद्र श्रीस मगर, कोषाध्यक्ष दिपक भट्टराई चयन हुनुभएको छ ।