दुर्घटनामा कमी ल्याउन प्रहरी र सवारी चालक बिच अन्तरक्रिया

सन्दिप शर्मा/म्याग्दी
बैशाख ५ गते ।  DSC02643जिल्ला ट्राफिक कार्यलय म्याग्दीको आयोजनामा म्याग्दीमा बुधबार प्रहरी र सवारी चालक विच अन्तरक्रिया गरिएको छ । म्याग्दी सदरमुकाम बेनी बजारको कालिपुल बसपार्कमा गरिएको अन्तरक्रियाको मुख्य उद्देश्य जिल्लामा हुने सवारी दुर्घटना कम गर्ने रहेको ट्राफिक कार्यलय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले बताउनुभयो ।

चालकहरुसँग अन्तरक्रिया गर्दै प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले सवारी चलाउनु पुर्व सवारी चालकले यान्त्रिक अवस्था ( चक्का, सिट, नटहरु, स्टेरिङ्ग, वे्रक, वाईफर, लाईटहरु ) चेकजाँच नगरी सवारीसाधन चलाउँदा, क्षमता भन्दा बढी यात्रु राख्दा, मापद पदार्थ सेवन गरि सवारीसधान चलाउँदा र मोवाईल फोनको प्रयोग गरी रहेको अवस्थामा नै सवारीसधान चाउने गर्दा दुर्घटनाको जोखिम वढेको बताउनुभयो । दुर्घटनका घटनालाई न्यूनीकरण गर्नका लागि चालकहरुले यस्ता कुराहरुका ध्यान दिनुपर्ने उहाँको भनाई थियो । DSC02625सवारी चलाउँदा ट्राफिक र  सवारी नियमको पूर्णरुपमा पालना गर्न सवारी चालकहरुलाई प्रनाउ खड्काले  अनुराेध गर्नुभयाे  । करिब ३० जना साना तथा ठुला सवारी चलक हरुको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रम ट्रफिक प्रमुख पाठकको सञ्चालनमा भएको कार्यक्रममा, म्याग्दीका प्रहरी नायव उपरीक्षक खड्का र प्रहरी नायव निरीक्षक लोकबहादुर गुरुङ्गले प्रशिक्षण दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यलय म्याग्दीमा गतवर्ष २०७४ सालको बैशाख महिनादेखि चैत्र मसान्तसम्म ६ वटा सवारी ज्यानका मुद्दा दर्ता भएका छन् । सवारी दुर्घटनामा परेर ९ जनाले ज्यान गुमाएका छन् । तीमध्ये २ जना बालबालिका, २ महिला र ५ पुरुष रहेका छन् ।