जलजला गाँउपालिकाका सहकारीले मनाए सहकारी दिवस

सन्दिप शर्मा/विकल्प न्यूज
चैत २१ गते । DSC02484पर्वत जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाँउपालिकाले ६१ औं सहकारी दिवस मनाएको छ । जलजला गाउँपालिकामा भएका संयुक्त सहकारीहरुको आयोजनामा सहकारी दिवस मनाईएको हो । कार्यक्रमको उद्घाटन गर्दै वडा नंम्बर ३ का अध्यक्ष तथा भौतिक विकास तथा पुर्वधार निमार्ण समिति संयोजक देवेन्द्रबहादुर भण्डारीले सहकारीका सातवटा सिद्वान्त हरुलाई आत्मासात गर्नु पर्ने बताउनु भयो

सोहि कार्यक्रममा बोल्दै वडा नंम्बर १ का वडा अध्यक्ष तुलसिराम रेग्मीले जलजला गाँउपालिकाले पनि सहकारी ऐन तयार पार्न लगाएको बताउँदै सहकारी हरुले ऐन नियम बनाउँदा गाउँपालिकालाई सल्लाह तथा सुझाब दिनु पर्ने बताउनु भयो । उहाँले आफ्नो गाँउ आफै बनाउ भनेर सहकारी मार्फत अभियान सञ्चालन गरि सहकारीहरुले कृषि क्षेत्रमा लगानि बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै वडा नंम्बर २ का वडा अध्यक्ष गोविन्द खत्रीले सहकारी मार्फत गाउँमा गरिबी हटाउन सकिने बताउँदै सहकारीले ब्यवसायिक क्षेत्रमा लगानि गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले सहकारीका सात सिद्वान्तहरु मध्य सातौं सिद्वान्त समुदायप्रतिको सरोकार पनि रहेकाले सहकारीले पनि समुदायको हक हितका लागि काम गर्नु पर्ने बताउनु भयो ।

सहकारीकर्मी नविन जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा साना किसान सहकारी संस्था लि. का अध्यक्ष हेमकुमारी अधिकारी, मल्लाज भुपु सैनिक बहुउद्धेश्यि सहकारीका सचिव यामबहादुर जिसी, साना किसान सहकारीका पुर्व अध्यक्ष टेकनाथ शर्मा, लगाएतले मन्तव्यक्त गरेका थिए । कार्यक्रममा स्वागत नव कालिगण्डकी बचत तथा ऋण सहकारीका उपाध्यक्ष डिलबहादुर बरुवालले गरेका थिए । दिवशका अवसरपारी सहकारी हारिजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । आयोजनामा नव सृजनशिल कृषि सहकारी प्रथम, साना किसान सहकारी संस्था द्वितिय र सफल महिला बचत तथा ऋण सहकारीले तृतिय स्थान हासिल गरेका थिए ।