सहकारी दिवसका अवसरमा पत्रकार गौतम पुरस्कृत

विकल्प न्यूज/बेनी
चैत २० गते । IMG_9497म्याग्दीका पत्रकार सन्तोष गौतम मंगलबार पुरस्कृत हुनुभएको छ । ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले पत्रकारिताको माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा योगदान गरेवापत नगद तिन हजार रुपैयाँ सहित पुरस्कृत गरेको हो ।

संघले बेनीमा आयोजना गरेको कार्यक्रममा प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन र संघका अध्यक्ष दिपक कार्कीले एक दशकदेखि म्याग्दीमा पत्रकारिता गर्दै आउनुभएका गौतमलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । IMG_9534पत्रकार गौतम रासस, सगरमाथा टेलिभिजन, कारोबार आर्थिक दैनिक, धौलागिरी टेलिभिजन, म्याग्दी काली एफ. एम, नवविकल्प साप्ताहिक लगायत विद्युतीय र छापा सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । IMG_9502सो कार्यक्रममा मन्त्री पुनले सहकारीले गरिबलाई समेटेर उत्पादनमुलक गतिबिधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले म्याग्दीको जंगलमा खेर गैरहेको निउरो, च्याउ, हलहले, सिक्की, अल्लो पुवा, जडिवुटी देखि कृषि, पर्यटनको क्षेत्रमा सहकारीले योगदान गर्नुपर्ने बताउनुभयो । IMG_9512महिलाको आर्थिक शशक्तिकरणमा सहयोग पुग्ने नीति तथा कार्यक्रम र योजनाको आवश्यकता रहेको मन्त्री पुनको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले योजना, ज्ञान र सिप भएर पनी लगानीको अभावमा पछि परेकाहरुलाई उत्पादनशिल काममा लाग्न सहकारीले योगदान गर्नुपर्ने बताउनुभयो ।  IMG_9525प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सहकारी संस्थाहरु स्थानीय तहको मातहत पुगेको बताउँदै ऋण लगानी, निक्षेप संकलन र मुनाफामा मात्र केन्द्रित नभई सामाजिक दायीत्व र सिद्धान्त पालनाप्रती सचेत रहन आग्रह गर्नुभयो । IMG_9502

नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले सहकारीमा देखिएका विकृती नियन्त्रणमा सहकारी सञ्चालकहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । संघका अध्यक्ष दिपक कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिव ज्योती लामीछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा दिवसको अवसरमा आयोजित ¥यालीमा उत्कृष्ट झाँकी प्रर्दशन गर्ने पाँच वटा सहकारी संस्थालाई सम्मान गरिएको थियो । IMG_9511दिदीबहिनी, विश्वामित्र, संगिनी, नारी जागृती र म्याग्दीकाली सञ्चार सहकारी संस्थालाई सम्मान गरिएको हो । यसैगरी दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले जलजला गाउँपालीका ७ धाईरीङका आगोलागी पीडित ओमकुमारी परियारलाई मुठ्ठिदान अभियान अन्तरगत दाल, चाम, नुन, तेल लगायत खाद्यान्न सहयोग गरेको थियो ।  IMG_9519नारी जागृती महिला विकास सहकारी संस्थाले मलेसियामा निधन भएका मालीका गाउँपालिका २ रुमका वुद्धीबहादुर परियारका परिवारलाई किरीयाखर्च वापत पाँच हजार ५०० रुपैयाँ पत्रकार हरिकृष्ण गौतम मार्फत उपलब्ध गराएको थियो ।