असिनाले करोडौको नोक्सानी

सन्तोष गौतम / विकल्प
म्याग्दी १६ चैत IMG_8884 बिहीबार साँझ बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा करोडौको क्षत्ती पु¥याएको छ ।

बेनी नगरपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो ।

भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असीनाले पिटेर नष्ट गरेपछि कृषकहरु निराश बनेका जलजला ७ धाईरीङका अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो ।
विउ उत्पादनका लागि लगाइएको काँक्रो, घिरौला, गोलभेडाका बिरुवाका साथै ताजा तरकारी असिनाले चुटेर नष्ट गरेको छ । धाईरीङमा मात्र करिब दुई करोड रुपैया मूल्य बराबरको क्षत्ती भएको कृषक पौडेलले बताउनुभयो ।

खबरा, बेनी, आनन्दबगर, मिलनचोक, मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा क्षेत्रमा बाक्लो असीना परेको थियो । हिउँदभरीको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असीना पानीले नष्ट गरेपछि कृषकहरु निराश बनेका छन् । कृषकहरुले क्षत्तीको मूल्याङकन गरी राहतको व्यवस्था र बाली बिमा कार्यक्रम कार्यान्वयनको माग गरेका छन् ।