रक्तदान कार्यक्रम गरेर पत्रकार महासंघको स्थापना दिवस मनाईयाे

सन्तोष गौतम/ विकल्प
बेनी १६ चैत ।FNJ बेनीमा रक्तदान कार्यक्रम गरेर शुक्रबार नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस मनाइएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालीत रक्तसञ्चार गृह र बेनी अस्पतालको प्राबिधिक सहयोगमा क्याम्पसचोकमा आयोजना गरेको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । १४ जना पुरुष र छ जना महिलाले रक्तदान गरेका आयोजकले जनाएका छन् ।

कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले नेपालमा संबिधानको निर्माण, तिनै तहको निर्वाचनपछि संघियताको कार्यान्वयनसंगै राजनितिक आन्दोलन सकिएकाले अब आर्थिक सम्बृद्धी, विकास र शुसासनका लागि पत्रकारीता क्षेत्रबाट रचनात्मक र सिर्जनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले प्रेस र अभिव्यक्ती स्वतन्त्रताको आन्दोलनका क्रममा स्थापना भएको पत्रकार महासंघ पछिल्लो समय श्रमजिवी पत्रकारहरुको पेशागत क्षमता विकास, न्युनतम पारिश्रमीक कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो ।
शाखाका कोषाध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, सहसचिव कमल खत्रीको सञ्चालन र अर्का सहसचिव तथा कार्यक्रम संयोजक गोपाल छन्त्यालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । वि.स २०१२ सालमा स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापना भएको नेपाल पत्रकार संघ पछि महासंघमा रुपान्तरण भएको थियो ।