सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ चैत । बेनीमा बिहीबार सरोकारवालाहरुका लागि रेड सचेतना तालीम सम्पन्न भएको छ । क्षेत्रीय वन तालीम केन्द्र पोखराको आयोजनामा तिन दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी, पर्वत र बागलुङका वन प्राबिधिक, सामुदायिक वन उपभोक्ता महासंघ र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
तालीमको समापन गर्नुहुदै जिल्ला वन अधिकृत माधवप्रसाद देवले नेपालले वनको विकास, संरक्षण र कार्वन उत्र्सजन न्युनीकरण गरी कार्वन ब्यापार गरेर आम्दानी गर्ने सम्भावना रहेको बताउनुभयो ।
विश्वका औद्योगीक विकसीत देशहरुले उत्र्सनजन गर्ने कार्वन खपत गरेर नेपालको वनले वातावरण संरक्षणमा योगदान गरेको सन्देश सर्वसाधारणमा पुराउनुपर्ने बताउनुभयो ।
रेड कार्यान्वयन केन्द्रका उपसचिव अजयबिक्रम मानन्धरले नेपालमा कार्वन उत्र्सजन न्युनीकरण रणनीती बनाएर वन क्षेत्रको लगानी कार्यक्रम कार्यान्वयनको तयारी भएको जानकारी दिनुभयो ।
उपसचिव मानन्धर, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव मेघराज पौडेल र शाखा अधिकृत तिलकबहादुर थापाले तालीमको सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा सहभागी माया अधिकारी र रामकृष्ण न्यौपानेले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो ।